News

Aug 5, 2009

जाजरकोटमा झाडापखालाले थप ६ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जाजरकोट, साउन २२ - स्वास्थ्य मन्त्रालयले झाडापखाला नियन्त्रणमा आएको दाबी गरे पनि जाजरकोटमा बुधबार थप ६ जनाको मृत्यु भएको छ । थलारैकर ९ का ५५ वर्षीय बहादुर रोकाय र ५७ वर्षीय पानमति तिरुवा, नायकवडा ८ का २१ वर्षीय भीमबहादुर विक, पजारु ६ की ६ वर्षीय सरस्वती विक, लहु १ का ५५ वर्षीय सुबी कामी र पुन्ना ८ की ६ वर्षीय रेखा नेपालीको मृत्यु भएको जनस्वास्थ्यले जनाएको छ । जनस्वास्थ्यका अनुसार थलारैकर, मजकोट र पजारु गाविसमा अझै धेरै समस्या छ । ती गाविसमा धेरै १२ वर्षमुनिका बालबालिका बिरामी छन् ।

No comments: