News

Aug 5, 2009

बेलायत पुगेका नेपालीहरूले स्वेदशकै खाद्यान्न उपभोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, साउन २२ अध्ययन र रोजगारीका सिलसिलामा बेलायत पुगेका नेपालीहरूले स्वेदशकै खाद्यान्न उपभोग गर्न थालेका छन्। चितवन भरतपुर नगरपालिका- ९ सरदपुरमा रहेको यूरोपा होलसेल कम्पनीले खाद्य सामाग्री संकलन र प्रशोधन गरेर निर्यात गरेपछि नेपालीले बेलायतमा आफ्नै देशको खाद्यान्न उपभोग गर्न पाएका हुन्। २० लाख रुपैयाँमा उपकरण खरिद गरि कम्पनीले भटमास, टिमुर, मस्यौरा, कोदोको दाना लगायतका सामग्री सोही मेसिनबाट भरतपुरमा प्रशोधन गरी खाद्यान्न बेलायत पठाउने गरेको छ। बेलायतको रेडनहिलमा रहेको यूरोपा होलसेल प्रालिमा पहिलोचरण अन्तर्गत १८ टन सामग्री पुर्‍याइएको र दोस्रो चरणको सामग्री सोही मात्रामा केही समयभित्र पुर्‍याइने कम्पनीका अध्यक्ष श्रीराम न्यौपानेले बताए। बेलायतमा बस्ने नेपालीका लागि सुविधा दिने उद्देश्यले कम्पनीले छिट्टै बेलायतका २० स्थानमा डिपो सञ्चालन गरी इन्टरनेटको माध्यमबाट सामग्री बुकिङ र भुक्तानीको ब्यवस्था गर्न लागेको कम्पनीका अध्यक्ष न्यौपाने बताउँछन्। करिब १ लाख हाराहारीमा बेलायतमा बसोबास गर्दै आइरहेका नेपालीले नजिकैको डिपोबाट ती सामग्री प्राप्त गर्नसक्ने छन्। सेवा सञ्चालनपछि त्यस्ता खाद्य सामग्रीको नेपाली किसानले बढी मूल्य पाउनुका साथै नेपालमा कृषि सामग्री निर्यातको वृद्धिदरमा अपेक्षाकृत सुधार आउने देखिएको कम्पनीका निर्देशक भरत गैरेले बताए।

No comments: