News

Nov 4, 2009

वाईसीएल र युथफोर्सबीच झडपले धनकुटामा पुनः अनिश्चितकालीन कफर्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४नोभेम्बर,२००९, एकीकृत माओवादी निकट वाईसीएल र एमाले निकट युथफोर्सबीच झडपको सम्भावना बढेपछि जिल्ला प्रशासन कार्यालय, धनकुटाले आज मध्यान्ह १२ बजेबाट पुनः अनिश्चितकालीन कफर्यु आदेश जारी गरेको छ । प्राप्त समाचार अनुसार यस अगाडि आज बिहान ६ बजेदेखि ६ घण्टाका लागि प्रशासनले कफर्यु हटाएको थियो । कफर्यु हटाए पनि धनकुटाको जनजीवन सामान्य थिएन । कफर्यु हटेको समयमा बजारका केही पसल खुले पनि लामो तथा छोटो दूरीका सवारी साधन ठप्प बन्न थिए ।
यस्तै आज बिहान युथफोर्सका कार्यकर्ताहरुले कृषि सामाग्री संस्थानमा कार्यरत माओवादी कार्यकर्ता राम बहादुर भुजेललाई कार्यालयमा नै गई कुटपिट गरेको माओवादीले जनाएको छ ।सोमबार राती धनकुटाको सिधुवा बजारमा युथफोर्सका कार्यकर्ताहरु चढेकोपार्किङ गरेर राखिएका मारुती भ्यान र नौ वटा मोटरसाइकल माओवादी कार्यकर्ताहरुले जलाई दिएको भन्दै युथफोर्सका कार्यकर्ताहरुले मंगलबार बिहानै माओवादी कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि दुवै पक्षबीच तनाव बढेको हो ।

No comments: