लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी आन्दोलन चर्कंदै गर्दा सत्तारूढ एमालेका वरिष्ठ नेता केपी ओलीले माओवादीसहित ठूला दलका नेतालाई रात्रिभोज दिएका छन् । राजनीतिक गतिरोध अन्त्य गर्ने उद्देश्यले आयोजना भए पनि कुनै सहमति हुन भने सकेन । ओलीको रात्रिभोजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा उपाध्यक्षहरू मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश तथा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सहभागी थिए । एमालेका तर्फबाट ओलीबाहेक प्रधानमन्त्री माधवकुमार नेपालका राजनीतिक सल्लाहकार रघुजी पन्त र सञ्चारमन्त्री शंकर पोखरेल सहभागी थिए ।
No comments:
Post a Comment