लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५नोभेम्बर,२००९,एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आन्दोलनका क्रममा केही दिन अगाडि धनकुटामा कमजोरी भएको स्वीकार गर्नुभएको छ । केही दिन अगाडि माओवादीले धनकुटा नगरपालिका कार्यालय कब्जामा लिई प्रमुखसहित सम्पूर्ण जनप्रतिनिधि समेत घोषणा गरेका थिए ।
इलाम जाने क्रममा आज झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले धनकुटा नगरपालिका कब्जा गर्नु कमजोरी भएको स्वीकार गर्दै दोषीमाथि कारवाही गर्न निर्देशन दिईसकेको बताउनुभयो । माओवादीको जारी आन्दोलन शान्तिपूर्ण रहने उनको भनाई छ । जारी आन्दोलन ९९ दशमलव ९ प्रतिशत पार्टीको नियन्त्रणमा रहेको अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले एकीकृत माओवादीको नेतृत्वमा चाँडै नै राष्ट्रिय सहमतिको सरकार बन्ने दावी समेत गर्नुभयो ।केही दिन अगाडि नारा जुलससहित धनकुटा नगरपालिका कार्यालय पुगेका एकीकृत माओवादीका नेता तथा कार्यकर्ताहरुले नगरपालिकाका कार्यालय नियन्त्रणमा लिई कार्यालय कब्जामा लिएका हुन । नगरप्रमुखसहित सम्पूर्ण पदाधिकारीहरु घोषणा गरी उनीहरुले सपथ ग्रहण समेत गरी कर्मचारीहरुलाई जनताको पक्षमा काम गर्ने निर्देशन दिएका थिए ।

No comments:
Post a Comment