News

Apr 10, 2012

दाहालको आग्रहमा लडाकुको पुनर्वर्गीकरण रोकियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २८ - माओवादी लडाकुको विभिन्न शिविरमा झडपको अवस्था आएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काललाई पुनर्वर्गीकरणको काम रोक्न विशेष समिति सचिवालयलाई निर्देशन दिएका छन् । सचिवालय स्रोतले प्रधानमन्त्रीको निर्देशनमा पुर्नवर्गिकरणको काम रोकिएको बताए । राजनीतिक उच्च स्रोतका अनुसार शिविरहरुमा झडपको स्थिति आएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काललाई काम रोक्न गरेको आग्रह अनुसार प्रधानमन्त्री भट्टराईलेले त्यस्तो निर्देशन दिएका हुन् । दाहालले 'तत्काल काम रोक्नुस । तीन दलको बैठकमा नेताहरुसंग म कुरा गर्छु । उहाँहरुलाई परिस्थिति बारे म आश्वस्त पार्छु ,' भनेको स्रोतले जनाएको छ । स्रोतका अनुसार शान्ति मन्त्रालयमा जारी तीन दलको बैठकमा दाहालले शिविरमा सेनाको उपस्थिति वा सेनाको नियन्त्रणमा ल्याएर लडाकुको पुर्नवर्गिकरण गर्न भनेका छन् ।विशेष समितिबाट निर्णय गराएर सेनालाई शिविरमा पठाउने दाहालको प्रस्ताव छ । सेनाले शिविरबाटै समायोजन हुन योग्य लडाकुको छनौट गरी तालिमका लागि पठाउने तथा अयोग्यलाई अवकास दिने प्रक्रियाका लागि अध्यक्ष दाहालले प्रस्ताव गरेको दोस्रो डिभिजनका कमाण्डर सुकबहादुर रोक्काले बताए । अहिलेको प्रक्रिया अनुसार शिविरबाट समायोजन रोज्नेहरु सेनाको आउने र त्यसपछि सेनाले त्यहाँबाट योग्यको छनौट गर्नेछन् । यो प्रक्रिया भन्दा शिविरबाटै सेनाले योग्यको छनौट गरी तालिमका लागि पठाउने दाहालले प्रस्ताव गरेका हुन् । शिविरमा सेनाको उपस्थिति भएपछि झडको स्थितिपनि नियन्त्रणमा आउने आशा गरिएको छ । समायोजन रोज्नेको संख्या ९ हजार ७ सय ५ रहेको र सातबुँदे सहमतिअनुसार बढीमा ६ हजार ५ सय लडाकु समायोजन हुने भएकाले बढी भएकालाई स्वैच्छिक अवकास रोज्न पुनः अवसर दिइएको छ । त्यही अनुसार अवकाशमा पठाउने प्रक्रिया थालिएको हो ।

No comments: