News

Apr 15, 2012

रोल्पाबाट ३ सय लडाकु बाध्यकारी अवकाश रोजेर फर्के

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुकुम, वैशाख ३- रोल्पास्थित माओवादी लडाकु शिविरमा रहेका ३ सय जना लडाकुले बाध्यकारी स्वेच्छिक अवकाश रोजेका छन्। आइतबार भएको पुनः वर्गीकरणमा पाँचौं डिभिजनअन्तर्गत रहेका मुख्य र सहायक शिविरका लडाकु गरी ३ सयले यस्तो अवकास रोजेका हुन्। उनीहरु सरकारले दिने भनिएको पहिलो किस्ता र बाटो खर्च रकम बुझेर घर फिरेका हुन्। पाचौँ डिभिजन दहवन रोल्पा अन्तर्गत सुनिल स्मृति मुख्य शिविर दहवनमा दोस्रो चरणको पुनः वर्गीकरण कार्य आइतबार सम्पन्न भएको हो। मुख्य शिविर दहवन रोल्पाबाट ३ सय जनाले बाध्यात्मक स्वेच्छिक अवकाश रोजेका छन्। सहायक शिविरमा भने आइतबारदेखि पुनः वर्गीकरण सुरु गरिएको छ। ६ सय ५३ जना रहेको मुख्यालय दहवनबाट स्वेच्छिक अवकाश रोज्ने लडाकुहरुले पहिलो किस्ताको रकम लिएर शिविर छाडेका छन्। ३ सयको अवकाश भएपछि दहवनमा अब ३ सय ५३ जनामात्र छन्। खिन्न मन लगाएर शिविर छोड्दा उनीहरु असन्तुष्टि भएर घर फिरेका हुन। सँगै रहेका साथीहरु नेपाली सेनाको तालिममा सहभागी हुनै लाग्दा आफूहरुलाई भने संयुक्त राष्ट सङ्घले योग्य ठहर्‍याए पनि अन्तिममा आएर घर फिर्नुपरेको भन्दै पार्टी नेतृत्व र कमाण्डरसँग गुनासो गरेका थिए।

No comments: