News

Apr 13, 2012

अब भारतको एउटै जेलमा श्रीमान श्रमती बस्न पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको उत्तर प्रदेशको सरकारले जेल सुधार अभियान सुरु गरेको छ । जेलमन्त्री रघुराज प्रताप सिंहले कैदीका लागि पर्याप्त मात्रामा गुणस्तरीय खाना र स्वच्छ पानीको व्यवस्था गरिने र शौचालय सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो । अभियान अन्तर्गत छुट्टाछुट्टै जेलमा कैद सजायँ भोगिरहेका दम्पत्तीलाई मानवीय आधारमा एउटै जेलमा राखिने छ । यस्तै कैदीहरुलाई यसअघि एक महिनामा एकपल्ट मात्रै आफन्तसंग भेटघाट गर्न दिने गरिएकोमा अब हप्तामा दुई पल्ट भेट्न स्वीकृति दिईनेछ । जेल अधिकारीहरुका अनुसार, जेलमा खाना बनाउन बनस्पति तेलको प्रयोगमा रोक लगाई प्रशोधित तेलको प्रयोग गरिने छ । यस्तै पिउने र नुहाउने पानी पर्याप्त मात्रामा उपलब्ध गराईने छ । राज्यको जेल विभागलाई पहिलो चरणको काम शुरु गर्न ३ महिनाको समय दिईएको छ । दोश्रो चरण आउँदो अक्टुबरमा शुरु हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

No comments: