लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लण्डन, चैत २७ (एजेन्सी)-८४ वर्षीय जर्मन लेखक गुन्टर ग्रासलाई इजराइलले आफूकहाँ आउन प्रतिबन्ध लगाएको छ। समाचार अनुसार उक्त कविता ग्रसले इजराइलको वर्तमान आणवीक रणनीतिलाई आधार बनाएर लेखेका थिए। इजराइलको आणवियक नीति विश्व शान्तिका लागि खतरा भएको धारणा ग्रसले व्यक्त गरेको बताइएको छ। गार्जियनमा प्रकाशित अन्तर्वार्तामा ग्रसले प्रधानमन्त्री विन्यामिन नेतानयाहु र उनको सरकार अस्थिरताको मुख्य जिम्मेवार भएको बताएका थिए। इजराइलका आन्तरिक मामिला सम्बन्धि मन्त्री एली यिशाइले ग्रासमाथि कविता इजराइल र उसको जनता विरुद्ध घृणा फैलाउने प्रयास गरेको आरोप लगाएका छन्। ग्रासले कवितामा इरानको परमाणु कार्यक्रमलाई समाप्त पार्नका लागि इजराइलले परमाणु बमको हमला गर्न सक्ने चिन्ता ब्यक्त गरेका छन्।
No comments:
Post a Comment