News

Apr 11, 2012

याक्थुङ पालुङवा समाजको बार्षिक कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मिती ७ अप्रील २०१२ को याक्थुङ पालुङवा समाज हङकङको दशौं बार्षिक कार्यक्रम जोर्डन स्थित सेकुवा घरमा सम्पन्न भयो । दिल पालुङवा लिम्वुको अध्यक्षता र डि.वी पालुङवाको सञ्चालनमा सञ्चालित कार्यक्रममा गत डिस्ट्रक्ट काउञ्सीलका उमेदवार मे. शरण कुमार पालुङवा, छत्र पालुङवा,मोडल तथा याक्थुङ गीतकार गीता पालुङवा "ईक्शा" लगायत दाजुभाई तथा चेलीवेटी ज्वाईंचेलाकाहरुको पनि उल्लेख्य उपस्थिती भएको थियो । परिचयको क्रमवाट शुरु गरिएको कार्यक्रममा सवैले आफ्नो पुख्र्यौली गाउको सम्झना गर्दै परिचय दिएका थिए । पर्देशमा रहनुपरेको समस्या र दाजुभाई चेलीवेटीहरु आफन्तहरुको सम्वन्ध सुमधुर र प्रगाढ रहिरहोस भन्ने कुरा डि.वी पालुङवाले वताउनुभयो । त्यस्तै दिल पालुङवा लिम्वुवाट पालुङवा लिम्वुहरु ताप्लेजुङको हालको नगरपालिकाको सिम्ले, मेदिवुङ, दोखुमा वसोवास गर्दछन् र एक हांगो पच्चीसौं पुस्ता पहिल्यैदेखि पानथरको पञ्चमीमा वसोवास गर्दछन् । त्यस्तै दार्जिलिङ, सिक्किम, आसाम,र्इलाम, धरान, मधेस, काठमाण्डौ आदि ठाउमा पनि वसोवास गर्न पुगेका छन् । त्यहावाट हङकङ आएकाले हामीले हाम्रो ठाउ विर्सनु हुदैन । दश लिम्वुको रितीथिती मान्नुपर्दछ । हङकङमा हामीले दश लिम्वुको थिती अनुसार काम गर्नुपर्ने भएकोले सम्वन्ध नजिक भैरहनुपर्ने वताउनु भएको थियो । पालुङवाको दाजुभाई फुरुम्वो लिम्वु पनि भएकोले र्साईनो सम्वन्ध मिच्नु नहुने कुरा माईती चेली सवैले आफ्नो सन्तानहरुलाई जानकारी गराउदै लैजान जानकारी गराउनुभयो । जेठा लाप्सोहाङको सन्तान फुरुम्वो र फेदेम्मीहाङको सन्तान पालुङवा भएको वताउनुभयो । उनीहरु पहिले मित्लुङमा थिए । पछिवाट पालुङवा सिम्ले आई त्यहावाट विस्तार हुदै गएको इतिहास वताएका थिए ।

No comments: