News

Apr 13, 2012

प्रविधिको विकाससंगै अनलाइनबाटै पुस्तक विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, ३० चैत्र, लेकख ब्रुनाईमा । कार्यक्रम काठमाडौंमा अनि कार्यक्रमका सहभागी विश्वका विभिन्न देशमा । सन्दर्भ थियो, साहित्यकार विश्वासदीप तिगेलाको ‘निष्पक्ष संविधान, समृद्ध नेपाल’ नामक पुस्तकको विमोचन । नेपालमा नयाँ संविधान लेखन प्रक्रिया अन्तिम मोडमा पुगेको बेला साहित्यकार विश्वासदीप तिगेलाको संविधान लेखनसम्बनधी राजनीतिक पुस्तक मंगलबार अनलाई भिडियोमार्फत विमोचन गरिएको छ । विश्वभरबाट अनलाईन भिडियो मार्फत कार्यक्रममा सहभागी भएका हजारौं व्यक्तिलालाई पुस्तक देखाएर प्रा. डा. गोविन्दराज भट्राईले तिगेलाको पुस्तक विहीबार साँझ नेपाली समय अनुसार ७ बजे विमोचन गरे । पुस्तक विमोचन गरेपछि बोल्दै भट्टराईले लेखक तिगेलाले हरेक वर्ष कुनै न कुनै नयाँ कुरा ल्याउने गरेको बताए । ‘लेखक तिगेलाले युद्ध साहित्यलाई बाहिर ल्याउन सबैभन्दा ठूलो योगदान पुरयाएका छन्’ भट्टराईले भने‘अहिले संविधानको चिन्तन गरेर पुस्तक ल्याएका छन्, उनले टेक्नोलोजीलाई पनि सदुपयोग गर्न जानेका छन् ।’ पुस्तकममा विश्वका संविधान लेखन, अनुभव र नेपाली सन्र्दभमा त्यसको उपयोग सम्बन्धी लेखहरु समावेश गरिएको छ । तिगेलाका ‘गृहयुद्धका पीडा, देश बोक्नुको पीडा, बोर्नियो परिचय’ लगायतका पुस्तकहरु प्रकाशित भईसकेका छन् । उनको कार्यक्रमको नेपाली लिटेरचर डटकम र नेपाली समाचार डटकमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । पुस्तकबारे प्राज्ञ अमर तुम्याहाङ, साहित्यकार कुमार लिङदेन, खगेन्द्र माखिम, डि.बी. आङबुङ, प्रविण पुमा, अमृता लिम्बु लगायत अनलाइनबाटै रसियाबाट विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष डा. मधु माधुर्य र अमेरिकाबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदालले शुभ कामना दिएका थिए र अन्य अतिथिले टिप्पणी गरेका थिए । नेपाली साहित्यको इतिहासमा नयाँ प्रविधिको प्रयोग भएर पुस्तक विमोचन भएको यो पहिलो पटक हो । पुस्तकको विमोचन कार्यक्रम विश्वभरका मानिसले एकैपटक हेर्न पाएका थिए । विश्व साहित्य महासंघका केन्द्रिय महासचिव समेत रहेका लेखक तिगेला ब्रिटिस गोर्खा सैनिक हुन् । हाल उनी सेरिया ब्रुनाईमा कार्यरत छन् ।

No comments: