News

Apr 11, 2012

टाइटानिक जहाजको दस्ताबेज इन्टरनेटमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन - एघारवटा ओस्कार पुरस्कार जित्न सफल फिल्म टाइटानिकको कथा जुन त्रासदीमा आधारित थियो, त्योसँग सम्बन्धित दस्ताबेज अब इन्टरनेटमा उपलब्ध गराइएको छ । आउँदो १५ अप्रिलमा टाइटानिक जहाज डुबेको सय वर्ष पूरा हुँदैछ । दस्ताबेजमा जहाजसँगै डुबेर मृत्यु भएका व्यक्ति र बाँच्न सफल भएका एक हजार पाँच सय जनाको बारेमा जानकारी समेत समेटिएको छ । यी दस्ताबेज 'डब्लुडब्लुडब्लु डट एन्सेस्टी डट कम युके' बेवसाइटमा राखिएको छ । टाइटानिक जहाज उत्तरी आयरल्यान्डको बेलफास्ट सहरमा बनाइएको थियो । न्युयोर्कतर्फ आफ्नो पहिलो यात्राका क्रममा एक हिमखण्डसँग ठोक्किएपछि एटलान्टिक महासागरमा यो जहाज डुबेको थियो । वेबसाइटमा जारी दस्तावेजमा जहाजमा भ्रमण गरिरहेका यात्रीको आधिकारिक सूची पनि सामेल गरिएको छ ।

No comments: