News

Apr 13, 2012

म्यानमारको राष्ट्रपति र प्रजातन्त्रवादी नेतृ सुकीबीच भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यांगुन - म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले म्यानमारका राष्ट्रपति थेन सिनसँग बुधबार भेटवार्ता गरेकी छिन् । यसै महिनाको सुरुमा म्यानमारमा भएको उपनिर्वाचनपछि सुकीले राष्ट्रपति सिनसँग पहिलो पटक भेट गरेकी हुन् । राष्ट्रपति थेन सिन र सुकीबीच भएको भेटवार्ताबारे अहिलेसम्म जानकारी उपलब्ध गराईएको छैन । नेपिइदवाबाट यांगुन फर्कने क्रममा सुकीले पत्रकारसँग राम्रो छलफल भएको जानकारी दिएकी थिइन् । यसअघि राष्ट्रपति थेन सिनसँग सुकीले सन् २०११ को अगस्तमा भेटवार्ता गरेकी थिइन् । अप्रिलमा भएको उपनिर्वाचनमा सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले ४४ सिट मध्ये ४३ सिटमा बिजय हासिल गरेको थियो । सुकीको दलले निर्वाचनमा बहुमत ल्याएबाट म्यान्मारको निर्वाचनपछि राजनीतिक सुधारको अपेक्षा पनि गरिएको छ ।

No comments: