News

Apr 15, 2012

पाठ्यक्रम भन्दा बाहिरबाट प्रश्न सोधिएको परिक्षार्थीद्वारा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाठ्यक्रम भन्दा बाहिरबाट प्रश्न सोधिएको भन्दै नेपालगन्जमा परिक्षार्थीले आज तोडफोड गरेका छन् । उनीहरुले भरी प्राविधिक शिक्षालय नेपालगन्जमा परीक्षामा कडाई गरिएको भन्दै आपत्ति समेत जनाएका छन् । परीक्षार्थीहरु तोडफोडमै उत्रिएपछि रमाणपत्र तह सिभिल डिप्लोमा इन्जिनियरिङको आजको परीक्षा समेत स्थगित हुन पुगेको छ । उनीहरुले भेरी प्राविधिक शिक्षालयमा यसअघि पनि पटक पटक चिट चोराउन पाउनुपर्ने माग गर्दै तोडफेड समेत गराउँदै आएका छन । त्यसो त आज पनि उनीहरुले परीक्षामा कडाइ भएका भन्दै अन्यत्र जस्तै चिट चोर्न पाउनुपर्ने माग समेत गरेका थिए ।

No comments: