News

Apr 13, 2012

प्रधानमन्त्री बाबुराम भट्टराईले देशवासीको नाममा सम्वोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री बाबुराम भट्टराईले देशवासीको नाममा सम्वोधन गरेका छन् । विहिबार बेलुका सवा ६ बजे गरेको विशेष संबोधनमा जेठ १४ भित्र संविधान जारी गर्ने तर्फ लाग्न सवैमा आह्वान गरेका छन् । उनले शान्ति र संविधानको कार्यभार पूरा गर्न प्रमुख दलहरु सम्मीलित राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिए । आफु परिस्थितिवस बहुमतिय ढोकाबाट सरकारमा आएपनि राष्ट्रिय सहमतिकै सरकार बनाउन साथ दिने प्रतिबद्धता जनाए । आफु नेतृत्वको सरकारलाईनै राष्ट्रिय सहमतिको सरकारमा ढाल्ने प्रयासमा लागिपरेको उनको भनाई छ । दुई दिन अघि विशेष समितिले माओवादी लडाकु,हतियार तथा शिविर नेपाली सेनालाई त्यही दिनदेखि लागु हुनेगरी जिम्मा लगाउन गरेको निर्णय र कार्यान्वयन सम्म आईपुग्दा माओवादी लडाकु र नेपाली सेनाले गरेको सहयोगको प्रशंसा गरे । उनले आफ्नो अहिलेसम्मको सात महिने कार्यकालमा गरेका उपलव्धी र चुनौतीबारे प्रष्ट पार्ने प्रयास गरेको राजनीतिक विश्लेषकहरु बताउछन् । साथै प्रधानमन्त्री भट्टराईले पार्टीको अन्तरसंघर्षले नेपाली राजनीतिमा पारेको प्रभावबारे प्रसंग उठाउंदै नेपालको सुन्दर विहानीका लागि असफल खेलतर्फ नलाग्न दलहरुलाई आग्रह समेत गरे ।

No comments: