लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१२ अप्रिल ८ तारीख आर्इतबारका दिन हंगकंगस्थित चुनवानको सत्य सार्इ सेन्टरमा प्रशान्ति परीषदका अध्यक्ष डा.नरेन्द्रनाथ रेडीव्दारा सार्इसंग आत्मियता र समिप्यता बिषायक प्रवचन सम्पन्न भयो।उक्त कार्यक्रममा हङकङका लागि नेपाली महाबाणिज्यदूत बिनोद उपाध्य,जापान सत्य सार्इ संगठनका अध्यक्ष,हङकङ सत्य सार्इ संगठन चिम सा चोर्इका अध्यक्ष अशोक,चुनवान सत्य सार्इ संगठनका अध्यक्ष कान्ता रार्इ समेतको समुपस्थितिमा सार्इसंग समिप्यता र आत्मियता सम्वन्धि प्रवचन हङकङ रहनु भएका सम्पूर्ण सार्इ भक्तहरुलार्इ आनन्दपूर्ण रुपले प्रवचन दिर्इएको थियो।गणेश आरती र तीन वटा भजन गाएर कार्यक्रमको सुरुआत गरीएको थियो। सो प्रवचन कार्यक्रममा सार्इ भक्तहरु सोचे भन्दा धेरै संख्यामा उपस्थिति रहेको थियो। भजन र प्रवचनको कार्यक्रम समाप्त भएपछि सम्पूर्ण भक्तजनहरुलार्इ प्रसाद बितरण गरीएको थियो।
No comments:
Post a Comment