News

Apr 15, 2012

अमेरिकामा रहेका नेपाली विद्यार्थीले आत्महत्या गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकामा नर्सिङ पढिरहेका एक जेहेन्दार नेपाली विद्यार्थीको मृत्यु भएको छ । आईतबार दिउँसो न्युयोर्कस्थित वेकअफ अस्पतालमा उपचारको क्रममा २५ वर्षीय भेषराज पाण्डेको मृत्यु भएको हो । भेषराजलाई रिजउडस्थित आफ्नै अपार्टमेन्टमा आइतबार नै अचेत अवस्थामा फेला पारेपछि नजिकै रहेको वेकअफ अस्पताल पुर्याइएको थियो । मृत्यु हुनुको कारण अहिलेसम्म अस्पतालले नखुलाएपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । उनको अपार्टमेन्टबाट प्रहरीले विषक्त औपधी पनि फेला पारेको थियो । चुकुल लगाएर कोठा भित्र बसेका पाण्डेले निकै समयसम्म पनि ढोका नखोलेपछि पल्लो कोठाको एक युवकले अन्य साथीहरुलाई बोलाएर ढोका फोरेर हेर्दा उनलाई अचेत अवस्थामा फेला पारिएको थियो । अर्घखाँची केरुङगा स्थायी घर भएका पाण्डे पाँच वर्ष अघि अध्ययनको लागि अमेरिका गएका थिए । गत वर्ष न्युयोर्कको होस्टोस कलेजबाट रजिस्टर्ड नर्सको कोर्ष पूरा गरेपछि केही महिना उनले नर्थ क्लारोलिनाको एक अस्पतालमा काम गरेका थिए ।

No comments: