News

Apr 13, 2012

पूर्वराजाको सुरक्षामा खटिएका नेपाली सेना फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १- सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिइँदै आएको नेपाली सेनाको सुरक्षालाई हटाएको छ। पूर्व राजा र उनका परिवारको सुरक्षाका लागि नेपाली सेनाले सेनानीको नेतृत्वमा २५ जना सैनिक खटाएको थियो। सरकारको निर्णयअनुसार नेपाली सेनाले पूर्व राजाको सुरक्षाका लागि खटाएको जनशक्ति हिजोबाट फिर्ता भएको नेपाली सेनाका प्रवक्ता एवम् सहायकरथी रमीन्द्र क्षेत्रीले जानकारी दिए। सरकारको निर्णयअनुसार पूर्व राजा र उनको परिवारका सुरक्षाका लागि सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५० जना खटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र खनालले जानकारी दिए।

No comments: