News

Apr 15, 2012

बेलायतद्धारा म्यानमारमाथिको नाकाबन्दी हटाउने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
म्यानमारको भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले म्यानमार माथिको नाकाबन्दी हटाउने घोषणा गरेका छन् । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ् सुकीसँगको भेटघाटपछि बेलायती प्रधानमन्त्री क्यामरुनले म्यानमारमा प्रजातन्त्रको उदय भएकाले प्रतिवन्ध हटाउन लागेको बताए । क्यामरुन र सुकीद्वारा संयुक्त रूपमा जारी गरिएको एक विज्ञप्तिमा प्रतिवन्ध हटाउने उल्लेख गरिएको छ । म्यानमारका राष्ट्रपति थाँसिनले पनि भेटका क्रममा बेलायती प्रधानमन्त्री क्यामरुनसँग प्रतिवन्ध हटाईदिन आग्रह गरेका थिए । प्रतिबन्ध हटाउने निर्णय बेलायती प्रधानमन्त्रीले आफू स्वदेश फर्के लगत्तै कार्यान्वयनमा ल्याउने समेत बताए ।

No comments: