News

Apr 12, 2012

विसं २०६९ को पूर्वाद्धको तीन महिना अति कष्टकर हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २९ - विसं २०६९ को पूर्वाद्धको तीन महिना अति कष्टकर हुने, रोगहरूको प्रकोप बढ्ने, शासकवर्गद्वारा जनता प्रताडित हुने, ठूलो उथलपुथल, द्वन्द्व र झडप हुने तीव्र सम्भावना रहेको ज्योतिषीहरूले बताएका छन् । श्रावण महिनापश्चात् उत्तराद्र्धको अन्तसम्म सकारात्मक र सुखमय हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधवप्रसाद भट्टराईले जानकारी दिए । यो वर्ष विश्वावसु नाम सम्वत्सर परेको, राजा र मन्त्रीको पद शुक्र रही जगलग्न नेपालकै राशी वृश्चिकमा परेकाले जलवर्षा अत्यधिक हुने, पशु तथा बालीनाली सप्रिने योग रहेको राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपालका अध्यक्ष ज्यो. पं तिलकराज पौडेलले बताए । अत्यधिक वर्षाका कारण बाढी, पहिरो, भूकम्पीय जोखिम, अग्निभय, आकस्मिक दुर्घटना हुने योग परेकाले आमनागरिकको जनजीवनमा नराम्रो असर पर्ने देखिन्छ । समितिद्वारा जारी प्रेस विज्ञप्तिमा जगलग्नको दसौं स्थानमा बसी मङ्गलग्रहले शनिश्चरको राशी कुम्भमा चतुर्थ स्थानलाई पूर्णदृष्टि गर्नाले जनएकता नरहने, आपसमा वैमनश्यता, फूट, अशान्ति आदिबाट राजनीतिकदलबीच द्वन्द्वात्मक परिस्थिति सिर्जना हुने योग देखिएको उल्लिखित छ ।
राष्ट्रको शान्ति र अमनचैनका लागि जनस्तरबाटै एकता, मेलमिलाप र समन्वयको भावना अपनाउन नितान्त आवश्यक देखिएको समितिले जनाएको छ । समितिले भनेको छ – पार्टीका उच्चस्तरीय नेताहरूले जन आक्रोशका कारण अशान्ति बेहोर्नु पर्ने हुनाले आपसी शान्ति र समन्वय आवश्यक छ । नयाँ वर्ष सस्येश, निरसेश र धनेश चन्द्रमा भएकाले सेतो पदार्थ (मोती, चाँदी, कपास) को उत्पादन एवम् व्यापार राम्रो रहने देखिन्छ । धान्येश शनिश्चर भएकाले कतैकतै अन्नको अभाव, रोगमा वृद्धि, बेमौसमी वर्षाले कृषिक्षेत्रमा हानी तथा शासकवर्गमा झगडा हुने विश्वास छ । उल्लेख गरेको पाइन्छ । मेघेश र दुर्गेश शुक्र भएकाले शासकवर्ग र आम नागरिकमा सुखको अनुभूति हुनेछ । रसेश बुधमा भएकाले कृषि उत्पादन तथा वर्षामा वृद्धि, शासकवर्गबाट सहयोग र सुरक्षा प्राप्त हुनेछ । फलेश गुरु भएकाले फलफूलको उत्पादन वृद्धि तथा धार्मिक कार्यको वृद्धि हुने देखिन्छ । पञ्चाङ्गमा आद्रा प्रवेश समय विचार गर्दा मुलुकमा अग्निभय बढ्ने, हुरी बतास र प्राकृतिक प्रकोपका कारण जनधनको क्षति हुने, वर्षेबालीको तुलनामा हिउँदेबाली राम्रो हुने देखिन्छ ।
जगलग्न कुण्डलीका अनुसार वर्षेश लग्न वृश्चिक, लग्नाधिपति मङ्गल दशमस्थानमा तथा लग्नका स्वामीमा वृहस्पतिको पूर्णदृष्टि हुनु राम्रो योग हो । देश विकासमा सरकार सफल रहने, नयाँनयाँ योजना तर्जुमा तथा कार्यान्वयन हुने, वैदेशिक सम्बन्ध राम्रो रहने, उद्योग र वैदेशिक व्यापार बढ्ने र पर्यटन उद्योग फस्टाउने देखिन्छ । लग्नमा राहु एकादश बुध नीच राशीमा पञ्चमेश वृहस्पति छैंठौं स्थानमा रहेकाले शासन सत्तामा तल्लो वर्गको वर्चश्व रहने देखिएको छ । शुक्र सप्तम, नवमेश चन्द्रमामा वृहस्पतिको पूर्ण दृष्टि रहनाले धर्ममा आस्था बढ्ने छ ।

No comments: