News

Apr 16, 2012

चीनमा बाढीका कारण १५ मजदुरको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनमा भारी वर्षापछि आएको बाढी एक्कासी कोइलाखानीमा प्रवेश गरेपछि कोइराखानीमा कार्यरत १५ जना मजदुरको मृत्यु भएको छ । चीनको शान्सी शहरमा रहेको कोइलाखानीमा एक्कासी बाढी पसेपछि उनीहरुको मृत्यु भएको छ भने अन्य केही मजदुरहरु अझै पनि हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हराइरेकाहरुको खोजी कार्य तीब्र बनाइएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । चीनमा वर्षेनी कोइलाखानी विस्फोटमा थुप्रैंको मृत्यु हुने गरे पनि बाढीका कारण कामदारहरुको मृत्यु भने विरलै मात्रै हुने गरेको छ ।

No comments: