News

Apr 13, 2012

शाहरुख पक्राउबारे अमेरिकाद्वारा क्षमायाचना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्यूयोर्क, वैशाख १ - यले विश्वविद्यालयमा लेक्चर दिन गएका भारतीय अभिनेता साहरुख खानलाई अमेरिकाको अध्यागमनले नियन्त्रणमा लिएको छ । अभिनेता खानलाई बिहीबार दुई घण्टा नियन्त्रणमा लिएको घटनाको अमेरिकाले शुक्रबार माफी मागेको छ । भारतीय विदेश मन्त्री एसएम कृष्णाले यस घटनाबारे अधिकारीहरुसँग जानकारी माग्न अमेरिकास्थित भारतीय राजदूत निरुपमा रावलाई निर्देशन दिएका छन् । निजी विमानबाट उद्योगपति नीता अम्बानीसाथ न्यूर्योक पुगेका साहरुखलाई अध्यागमले नियन्त्रणमा लिएपछि लेक्चर ढिला सुरु भएको थियो । नीता उक्त विश्वविद्यालयकी पूर्व छात्रा हुन् । शाहरुखले आफूलाई पटक पटक अमेरिकी अध्यागमनले दुःख दिने गरेकोसमेत गुनासो गरेका छन् । साहरुख नियन्त्रणमा लिइएकोमा विदेश मन्त्री एसएम कृष्णा आक्रोसित भएको टाइम्स अफ इण्डियाले जनाएको छ । उनले अमेरिकी अध्यागमनले भारतीय विशिष्ट व्यक्तिहरुमाथि पटक पटक रवैया देखाएको उल्लेख गरेका छन् । साहरुखलाई अध्यागमनले नियन्त्रणमा लिएको यो घटना पहिलो होइन, सन् २००९ मा पनि उनी दुई घण्टा अध्यागमनको नियन्त्रणमा परेका थिए । पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामलाई कन्टिनेन्टल एयरलाइन्समा खानतलासी गरिएको थियो भने केन्द्रीय मन्त्री शहनवाज हुसेनलाई सिकागो एयरपोर्टमा दुव्र्यवहार गरिएको थियो ।

No comments: