लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापामा भएको पत्रकार यादव पौडेलको हत्यामा संलग्न रहेका तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। पौडेल सम्पादक रहेर निस्कन लागेको पत्रिकाका प्रकाशक युवराज गिरी र होटल संचालक पति पत्नी सोम र मञ्जु ढकाललाई प्रहरीले सार्वजनिक गरेको हो । पत्रकारसामु मञ्जु ढकालले युवराज गिरीले छतबाट खस्दा पौडेलको मृत्यु भएको बयान पत्रकारसामु दिइन्। प्रहरीले हत्या तात्कालिक परिस्थितिले भएको र पत्रकारितासँग नजोडिएको बताएको छ। नेपाल प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो ।
No comments:
Post a Comment