News

Apr 13, 2012

भारतमा कलेजमै ब्लु फिल्मको महोत्सव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कलेजमा युवा विद्यार्थीहरु वैंशले मात्तिएर बाटो बिराउलान् भनेर कलेज प्रशासनले विभिन्न नियम बनाएको हुन्छ र कडाइ गर्दछ । कलेजमा अश्लील गतिविधिलाई पूर्णरुपमा रोक लगाइएको हुन्छ । तर भारतमा भने एक कलेजमा प्रशासनले नै विद्यार्थीलाई पोर्न फिल्म देखाएको छ । भारतको चण्डीगढस्थित कुरुक्षेत्र विश्वविद्यालयमा कलेज प्रशासनले विद्यार्थीलाई ब्लु फिल्म देखाएको हो । अन्तराष्ट्रिय चलचित्र महोत्सवको निहुँ पारेर विद्यार्थीलाई ब्लु फिल्म देखाइएपछि केही ठिटाहरुले रमाइलो अनुभुति गरेपनि कलेजका इमान्दार विद्यार्थी, अभिभावक तथा सर्वसाधारण कलेज प्रशासनप्रति रुष्ट बनेका छन् । स्थानीय राजनीतिक दलले समेत विद्यार्थीलाई ब्लु फिल्म देखाएर समाजमा अश्लीलता फैलाउने दोषी कलेजका अधिकारीहरुलाई कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । अन्तराष्ट्रिय फिल्म फेस्टिवलका बेला उक्त क्याम्पसमा एकचोटी मात्र नभएर दुइ-दुइ चोटी अश्लील भिडियोहरु देखाइएको बताइएको छ । एजेन्सी

No comments: