News

Apr 13, 2012

बिशेष समितिबाट वैद्य पक्षीय नेता बाहिरिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी लडाकू अस्थायी शिविर र हतियार नेपाली सेनाको जिम्मा लगाउने निर्णयको विरोध गर्दै सेना समायोजन विशेष समितिको सचिवालयबाट वैद्य पक्षीय नेता बाहिरिएका छन् । माओवादी पोलिटब्यूरो सदस्यसमेत रहेका सेना समायोजन विशेष समितिका सचिबालय सदस्य कुलप्रसाद केसी 'सोनामु सचिवालयबाट बाहिरिएका हुन् । माओवादी लडाकूको अन्तिम चरणको पुनर्वर्गीकरणका लागि रोल्पाको दहवनस्थित पाँचौं डिभिजनमा खटाइएका केसीले बुधवार दाङको घोराहीमा पत्रकार सम्मेलन गरी सचिवालयबाट बाहिरिएको घोषणा गरेका हुन् । लडाकू हतियार र शिविर सेनाको जिम्मा लगाउने काम 'कब्जा शैलीमा भएको दाबी गर्दै उनले पदबाट राजीनामा दिएको बताए । 'जनसेनाका लागि मंगलवारको रात कालो रात भएको छु- केसीले भने- 'पार्टी र सरकारको नेतृत्वले जनमुक्ति सेनालाई समायोजनको नाममा आत्मसमर्पण गराएको छ अब जसले गर्दा म यो आत्मसमर्पणको शैलीमा अगाडि बढेको शान्ति प्रबिशेष समितिबाट वैद्य पक्षीय नेता बाहिरिएयाबाट बाहिरिएको छु ।' सम्मानजनक ढंगले राष्ट्रिय सेना निर्माण गरी राष्ट्रीय स्वाधीनताको रक्षा गर्ने बेला आफ्ना सिपाहीहरुलाई कमाण्डरले नै धोका दिएको उल्लेख गर्दै उनले यो घटनाले 'क्रान्तिको बिसर्जनु पनि गरेको टिप्पणी गरे । उनले नेतृत्वले धोका दिए पनि जनताको सत्ता स्थापना नभएसम्म आफूहरुको आन्दोलन जारी रहने र जनविद्रोहले सबैलाई समाप्त पार्ने दावी गरे ।

No comments: