News

Apr 16, 2012

रिसोर्टको बैठकमा प्रधानमन्त्रीद्वारा अन्य दललाई लचक हुन आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शीर्ष दलका नेताको हिजोदेखि चलिरहेको बैठकमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अन्य दललाई संविधान निर्माणमा लचक हुन आग्रह गरेका छन् । हिजो देखि चलेको बैठकमा आज मधेसी मोर्चा प्रधानमन्त्री भट्टराई, एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा छुट्टाछुट्टै र संयुक्त छलफल हुने क्रम जारी रहेको छ । रिसोर्टको बैठकमा प्रधानमन्त्री भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका तर्फबाट गृहमन्त्री विजयकुमार गच्छदार सँगै विभिन्न दलका अन्य शीर्ष नेताको समेत सहभागिता रहेको छ ।

No comments: