News

Apr 16, 2012

बलिउडकी नेपाली अभिनेत्रीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बई, वैशाख ४ (एजेन्सी)-भारतमा बलिउडमा अभिनय गरिसकेकी नेपाली अभिनेत्री मिनाक्षी थापाको हत्या गरिएको छ। यस सम्बन्धमा मुम्बईको क्राइम ब्रान्चले शनिबार राति दुई जनालाई पक्राउ गरेको भारतबाट प्रकाशित हुने इन्डियन एक्सप्रेसले लेखेको छ। पक्राउ भएका दुबै संघर्ष गरिरहेका कलाकार भएको बताइएको छ। बलिउडको चलचित्रमा छोटो समय अभिनय गरिसकेकी २६ वर्षीय थापाको भारतकै गोरखपुरमा हत्यापछि टाउको काटिएको थियो। प्रहरीले ३६ वर्षीय अमित जयसवाल र २६ वर्षीय प्रिती एलभिना सुरिनलले मृतक थापाको टाउको दुइ दिनसम्म राखेर मुम्बई फर्कने क्रममा बसबाट फालेको बताएको छ। उनीहरूले टाउकोलाई नचिनिने गरी थिचेका थिए। मुम्बई पुग्नु अघि देहरादूनमा वसोवास गरेकी नेपाली मिनाक्षी एक महिना अघि मुम्बई स्थित आफ्नै निवास स्थान लोखण्डवालाबाट हराइरहेकी प्रहरीले बताएको छ। जयसवाल र सुरिन गत वर्ष मुम्बई आएर विरारमा वस्दै आएका थिए। दुबैले यस अघि काम गर्ने गरेको प्रहरीले बताएको छ। दुबैको चलचित्रको छायांकनको क्रममा थापासँग मित्रता भएको प्रहरीले बताएको छ। थापाले दुबैलाई आफू धनी परिवारसँग सम्बन्धित भएको र आफ्नो सोखका लागि मात्र बलिउडमा काम गरिरहेको बताएको अधिकारीहरूले जानकारी गराएका छन्। आर्थिक रुपमा कमजोर भइसकेका जयसवाल र सुरिनले त्यसपछि थापाको अपहरण गरेर रकम वसुल्ने योजना बनाएको प्रहरीले जनाएको छ। मार्च १३ मा दुबैले थापालाई चलचित्रको छायांकनका लागि भनेर इलाहाबाद लगेका थिए। गोरखपुरमा थापाको हत्या गरेपछि दुबैले उनको एटिएम कार्ड र मोबाइलको सिम राखेको एक प्रहरीले बताए। त्यसपछि उनीहरूले थापाको आमासँग सम्पर्क गरेर २४ लाख रुपैया (१५लाख भारु) को माग गरेको बताइएको छ। दुबैले पैसा नदिए थापाको कामुक चलचित्र (ब्लु फिल्म) बनाउनुकासाथै उनको हत्या गर्ने धम्कि दिएका थिए। दुबैले मिनाक्षीका भाइ नवराजलाई उनको खातामा रकम राख्न भनेका थिए। नवराजले देहरादून प्रहरीमा थापाको अपहरण भएको रिपोर्ट लेखाएका थिए। नवराजले अपहरणकारीलाई ९६ हजार रुपैया (६० हजार भारु) दिएका थिए।

No comments: