लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसले आह्वान गरेको पाल्पा बन्दको कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । आफ्ना कार्यकर्ता दीपक घिमिरेलाई पाल्पा प्रहरी प्रमुख डिएसपी मीरा चौधरीले दुर्व्यवहार गरेकोमा गल्ती महसुस गर्दै सार्वजनिक माफी माग्नुपर्ने माग गर्दै कांग्रेसले जिल्ला बन्दको आह्वान गरेको हो। चौधरीले दुर्व्यवहार नगरेको भन्दै सार्वजनिक माफी माग्न इन्कार गरेपछि पार्टीले बैठक गरेर बन्दको आह्वान गरेको हो। एक साताअघि दुर्घटनामा क्षतिपूतिको विषयलाई लिएर छलफल गर्न प्रहरी कार्यालय पुगेका तरुण दलका सदस्य दीपक घिमिरेलाई आइतबार कार्यालय परिसरबाट डिएसपी चौधरीले दुर्व्यवहार गरेको आरोप छ।
No comments:
Post a Comment