News

Apr 13, 2012

नयाँ वर्षको दिन मात्र फुल्ने फूल हेर्न राष्ट्रपति सिरहा जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति रामवरण यादव नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने फूल हेर्नको लागि आज सिरहा जाने भएका छन् । नयाँ वर्षको पहिलो दिनमात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश महोत्सवका रुपमा मनाउने गरिन्छ । राष्ट्रपति यादव सलहेश महोत्सव उद्घाटन र फूल अवलोकन गर्न आउने कार्यक्रम रहेको आयोजक समितिका लीलानाथ श्रेष्ठले बताए । सलहेश नामको यो फूलबारीको फूल र यसको गाथा राष्ट्रियकरण गरी यसलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको श्रेष्ठले जानकारी दिए । फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ । मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयवद्र्धन सलहेश र दौना मालिनीको प्रेम प्रतीकका रुपमा लिइन्छ ।

No comments: