News

Apr 13, 2012

उल्लेखनीय प्रगतिका लागि अमेरिकाले स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति प्रक्रिया सम्पन्न गर्नेतर्फ हालै भएका उल्लेखनीय प्रगतिका लागि अमेरिकाले स्वागत गरेको छ । नेपालमा रहेको अमेरिकी राजदूतावास मार्फत विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियाका क्रममा भएको पछिल्लो प्रगतिलाई एक कोशेढुङ्गाको रूपमा लिन सकिने उल्लेख गरेको छ । विज्ञप्तिमार्फत अमेरिकाले यस महत्वपूर्ण घडीमा दृढसंकल्प र राजनीतिज्ञता प्रदर्शन गर्ने राष्ट्रिय राजनीतिक नेतृत्वको प्रशंसा पनि गरेको छ । सबै राजनीतिक दलका नेतालाई माओवादी लडाकूको नेपाली सेनामा समायोजन तथा संविधान निर्माण कार्य सम्पन्न गर्नेतर्फ एकजुट भई प्रयास जारी राख्न पनि अमेरिकाले आग्रह गरेको छ । शान्ति, प्रजातन्त्र र स्थायित्व हासिल गर्ने नेपालको प्रतिबद्धताको अमेरिकाको पूर्ण समर्थन रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

No comments: