News

Apr 15, 2012

कियाचु हंगकंगबाट जानकारी सभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१२ अप्रिल १४ तारीख शनिबारको दिन हंगकंस्थित हेनरी जी ल्योंग कम्युनिटी हलको तेस्रो तल्लाको सभाहलमा इतिहासकार तथा किरातोलोजिष्ट स्व.इमानसिँह चेम्जोंगको धनकुटाको चौविसे क्षेत्र भेडेटारमा पूर्ण कदको मूर्ति बनाउँने सहयोगको लागि जानकारी सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा हंगकंगका विभिन्न संघसंस्थाका पदाधिकारीहरु साथै पत्रकार,साहित्यकारहरुको उपस्थिति रहेको थियो। कियाचु हंगकंगका अध्यक्ष कृष्णराज लावतीले जानकारी दिए अनुसार उक्त मूर्ति नेपाली १७ लाख भन्दा बढी लागतमा निर्माण हुन गैरहेको छ । सो लागतको लागि हंगकंगमा रहनु हुने सम्पूर्णलार्इ सहयोगको लागि अपिल गर्नु भएको छ ।

No comments: