News

Apr 15, 2012

मुलुकभर बन्दको अवज्ञा भएपछि नेपाल बन्द फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकभर बन्दको अवज्ञा भएपछि जनमुक्ति पार्टीले गरेको नेपाल बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनमुक्ति पार्टीको तर्फबाट मन्त्री बनेका मालबरसिंह थापालाई बर्खास्त दिने चेतावनी दिएपछि बन्द फिर्ता भएको समेत बताइएको छ । जनमुक्ति पार्टीका तर्फबाट श्रममन्त्री बनेका थापालाई प्रधानमन्त्रीले हिजो साँझ नै बन्द फिर्ता हिन आवहान गर्दै बन्द फिर्ता नभए मन्त्री पदबाट बर्खास्त गर्ने चेतावनी दिएका थिए । जनमुक्तिका नेता र सरकारबीच प्रधानमन्त्रीको चेतावनीपछि भएको वार्तामा सकारात्मक कुराकानी भएकाले बन्द फिर्ता भएको मोर्चाले बताएको छ । मोर्चाले गरेको नेपाल बन्दको घोषणाको देशभर अवज्ञा भएको छ ।

No comments: