लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ३०,लडाकु र हतियार सेनाको मातहतमा ल्याउने निर्णयविरुद्ध आन्दोलनमा उत्रिएको वैद्य पक्षले जेठ १ गतेसम्मका लागि नयाँ कार्यक्रम घोषणा गरेको छ। नयाँ कार्यक्रममा देशको प्रमुख सहरमा सभादेखि चक्रपथ मार्चपास कार्यक्रमसम्म रहेको छ। वैद्य पक्षले साना दलहरुसँग मिलेर बनाएको मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले आज पत्रकार सम्मेलन गर्दै नयाँ कार्यक्रम घोषणा गरेको हो। समितिले हिजोको मसाल जुलुसमा भएको हस्तक्षेपले निरकुंश राजतन्त्रको क्रममा हुने दमनलाई सम्झाएको भन्दै यस्तो दमन नदोहोर्याउन सरकारलाई चेतावनी दिएको छ।
समितिले जारी गरेको विज्ञप्ति प्रेस विज्ञप्ति-
मितिः २०६८/१२/३०
प्रेस विज्ञप्ती
संयुक्त राष्ट्रिय जनआन्दोलन समिति, नेपालको भर्खरै सम्पन्न वैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो पत्रकार सम्मेलनको अयोजना गरिएको हो। यी निर्णयहरुलाई आम नेपाली जनसमुदाय सम्म सम्प्रेषण गरिदिनु हुन हामी अनुरोध गर्दछौं।
१) गत चैत्र १० गते हाम्रो संगठनद्धारा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको २० दिनको जनसंघर्षको कार्यक्रम भब्य र सानदार रुपमा सम्पन्न भएको छ। यो कार्यक्रमलाई सफल पारिदिनु हुने सम्पूर्ण आदरणिय जनसमुदायहरुलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं।
२) यो श्रृंखलाको संघर्षको कार्यक्रमको उत्कर्षको रुपमा हिजो बेलुका आयोजित शान्तिपूर्ण मशाल जुलुसमा जुन नाङ्गो प्रहरी हस्तक्षेप र दमन भयो, त्यसले विगतको निरंकुश राजतन्त्रका दौरानमा हुने दमनलाई पुनःस्मरण गराएको छ। उक्त दमनबाट संयुक्त राष्टिय जनआन्दोलन समितिका सदस्य तथा जनमुक्ति पार्टीका अध्यक्ष अटलमान राईका दुवै हात भाच्चिएका छन् र टाउकोमा गम्भिर चोट लागेको छ। यसैगरी नेकपा माओवादीका संयोजक मात्रिका यादवलाई दुवै खुट्टामा गम्भिर चोट लागेको छ। यसका साथै करिव दुई दर्जन आन्दोलनकारी गम्भिर रुपमा घाइते हुनु भएको छ। सरकारको यो फासिष्ट प्रकारको दमनको हामी घोर भर्त्सना र निन्दा गर्दछौं र दोषीलाई अविलम्ब कारवाही गर्न पनि माग गर्दछौं। यस प्रकारको फासिवादी दमन नदोहोर्याउन पनि हामी सरकारलाई चेतावनी दिन चाहन्छौं।
३) वैठकले आगामी जेष्ठ १ गते सम्मको लागि निम्न अनुसारका जनसंघर्षको कार्यक्रम निर्धारण गरेको छ।
क) २०६९ वैशाख ८ गते- जनसभा काभ्रेको धुलिखेल
ख) वैशाख १० गते- जनसभा उदयपुरको गाईघाट
ग) वैशाख १२ गते- जनसभा कास्कीका पोखरा
घ) वैशाख १४ गते- आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपालको जनप्रर्दशन, काठमाडौ।
ङं) वैशाख १६ गते- जनसभा झापाको दमक
च) वैशाख १७ गते- जनसभा धनुषाको जनकपुर।
छ) वैशाख १९ गते- जनसभा र मई दिवस बाँकेको नेपालगञ्ज।
ज) वैशाख २० गते- जनसभा कैलालीको धनगढी
झ) वैशाख २१ गते- जनसभा दिपालय
ञ) वैशाख २२ गते- जनसभा रुपन्देहीको बुटवल।
ट) वैशाख २३ गते- संघीय लोकतान्त्रिक राष्टिय मञ्च र संघीय लिम्बुवान राज्य परिषद्को चक्रपथ मार्चपास कार्यक्रम, काठमाडौ।
ठ) वैशाख २५ गते- जनसभा बाग्लुङ्।
ड) वैशाख २६ गतेदेखि ३० गते सम्म अन्तिम चरणको हस्ताक्षर संकलन।
ढ) जेष्ठ १ गते- विशाल र्यालीका साथ देशैभरबाट संकलित हस्ताक्षर संविधानसभाका अध्यक्ष लाई बुझाउने।
ण) प्रत्येक जनसभाका कार्यक्रमको अघिल्लो दिन बेलुका कार्यक्रम आयोजित शहरमा मशाल जुलुसको अयोजना गरिनेछ ।
No comments:
Post a Comment