News

Apr 15, 2012

जापानमा ३ प्रेमी मार्ने एक महिलालाई मृत्युदण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जापानकी एक महिलालाई तीन आफ्ना प्रेमीको हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ । मारिने तीन पुरुष नै उनका प्रेमी भएको बिबिसीले उल्लेख गरेको छ । अदालतका अनुसार ३७ वर्षीय काने किजिमाले सन् २००९ मा पैसाका लागि आफ्ना ४१, ५३ र ८० वर्षीय प्रेमीहरूको हत्या गरेकी हुन् । न्यायाधीशका अनुसार ती महिलालाई कुनै किसिमको माफी दिने आधार नभए पनि अभियुक्तले भने आफू निर्दोष भएको दाबी गर्दै उक्त फैसलाविरुद्ध अपिल गर्ने बताएकी छिन् । जापानमा यो मुद्दा ‘काली विधवा’ को नामले निकै चर्चामा रहेको छ ।

No comments: