News

Apr 13, 2012

सम्पादक सुविन श्रेष्ठको उपचार जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुधबार किरण वैक्ष पक्षधर र प्रहरीबीच मशाल जुलुसका क्रममा झडपमा घाइते भएका पत्रकार सुविन श्रेष्ठ अझै उपचारत हुनुहुन्छ । झडपको दृश्य कैद गरिरहँदा पत्रकार श्रेष्ठ घाइते भएका हुन् । एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा आवद्ध पत्रकार श्रेष्ठको आँखामा मशालको आगो लागेको थियो । उपचारमा संलग्न डा. आदित्यले आँखाको नानीको तल्लो भाग जलेकोले केही समय आरामको आवश्यकता रहेको बताए । उनले आँखाको बिन्दुमा आगो लागेको भए अन्धो हुनसक्ने खतरा भएको बताए । आगोले श्रेष्ठको आँखामा गम्भीर चोट आएको छ । वहाँको आँखाको नानीको तल्लो भाग आगोले पाछिएको उपचारत संलग्न डा. आदित्य रिजाले बताए । घटना लगत्तै बुधबार साँझ पूर्वमन्त्री पम्फा भुषाल, एनेकपाका सभाषद् राजकाजी महर्जनलगायत राजनीतिक तथा विशिष्ट व्यक्तित्वहरू, ललितपुर पत्रकार महासंघका टोलीले समेत पत्रकार श्रेष्ठलाई भेटेर स्वास्थस्थितीका बारेमा जानकारी लिएका थिए । पत्रकार महासंघका पवसभापति धर्मेन्द्र झा, महासंघका केन्द्रिय महासचिव ओम शर्मा, जनआस्थाका सम्पादक किशोर श्रेष्ठलगायत प्रहरीका उच्च अधिकृत, राजनीतिक नेताहरू, एनेकपाका जिल्ला इन्चार्ज र वरिष्ठ पत्रकारहरूले पत्रकार श्रेष्ठको स्वास्थ्य उपचारका बारेमा जिज्ञासा राख्दै आएका छन् । पत्रकार श्रेष्ठ २०५६ सालदेखि स्पेश टाइम्स, नेपाल समाचारपत्र, अन्नपूर्ण, कान्तिपुर, गोरखापत्र, नागरिक र जनआस्थालगायत तीनदर्जन दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिकाहरूमा स्वतन्त्र पत्रकारिता गर्दै आउनुभएको छ । वहाँ अनलाईन पत्रिका डटकम तथा अनलाईन पत्रिका साप्ताहिकका सम्पादक/प्रकासक हुनुहुन्छ । साथै नेवाः प्रेस दबु नेपाः का ललितपुर अध्यक्ष, नेवाः जनअधिकार परिषद्का उपाध्यक्ष र न्यूज एण्ड फोटो ट्रान्सफर एजेन्सीका अध्यक्ष हुनुहुन्छ ।

No comments: