लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी सेनालाई नेपाली सेना मातहतमा बुझाएको विरोधमा आज एक घण्टा चक्काजाम गर्न निस्किएका गोरखाका एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधर कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा सदरमुकामको हरमटारी चोकमा निस्किएको करिब २० मिनेटको अवधिमा वैद्य पक्षधर कार्यकर्ता पक्राउ परेका हुन् । दुई पटक गरी १६ जना कार्यकर्ता पक्राउमा परेको प्रहरी नायब उपरिक्षक बसन्त बहादुर कुँवरले बताए । केन्द्रिय सुरक्षा समितिको निर्देशन लागु गर्ने क्रममा बन्द गराउने खोज्ने कार्यकर्ता पक्राउ गरिएको कुँवरले बताए । गिरफ्तार गर्ने क्रममा प्रहरीले केही कार्यकर्तामाथि लाठी चार्ज समेत गरेको थियो । पक्राउ पर्ने कार्यकर्ताहरु प्रहरी कार्यलयभित्र पनि नाराबाजी गरिरहेको बताइएको छ ।
No comments:
Post a Comment