News

Apr 15, 2012

अफगानिस्तानको संसदमा हमला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ३ (एजेन्सी)-हतियारधारी तालिबान आत्मघाती आक्रमणकारीले आइतबार अफगानिस्तानको राजधानी काबुलमा शृङ्खलाबद्ध विस्फोट गराउनुकासाथै संसदमा प्रवेस गर्ने प्रयास गरेका छन्। आक्रमणकारीहरूले दूतावास तथा पाँचतारे होटललाई आफ्नो लक्ष्य बनाएका थिए।आक्रमणकारीले वजिर अकबर खान क्षेत्रमा रहेको पाँच तारे होटल काबुल स्टार होटलमा आक्रमण गरेका छन्। त्यस्तै केही आक्रमणकारीले संसदमा प्रवेस गर्ने प्रयास गरेका थिए। तर सुरक्षाकर्मीले उनीहरूलाई रोकेको समाचारमा बताइएको छ। एक अन्य समाचार अनुसार यस क्रममा सुरक्षाकर्मीको कार्यवाहीमा दुई जना अक्रामणकारीको मृत्यु भएकोको छ। आक्रमणकारीले नाटोको कार्यालयकासाथै बेलायती कुटनितिज्ञ घरमा समेत हमला गरेको बताइएको छ। आक्रमणको जिम्मेवारी तालिवानले लिएको छ।

No comments: