News

Aug 4, 2009

काम नपाएपछि आफू पढेको कलेजविरुद्ध मुद्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काम नपाएपछि कलेजविरुद्ध मुद्दा स्नातक गरेपछि पनि बेरोजगार बनेकी अमेरिकी एक महिलाले आफू पढेको कलेजविरुद्ध मुद्दा हालेकी छिन् । २७ वर्षीया टि्रना थोम्सनले मोनरो कलेजविरुद्ध गत साता सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेकी हुन् । उनले सूचना प्रविधि विषयमा स्नातक पढ्न लागेको कलेजखर्च ७० हजार डलर फिर्ता मागेकी छिन् ।मोनरो कलेजका प्रवक्ता गेरी एलेक्सव्याङकले टि्रना थोम्सनको मुद्दा आधारहीन भएको बताएका छन् । उनले यसै वर्षको अपि्रलमा स्नातक गरेकी थिइन् । कलेजले भने अनुसारको करिअर सल्लाह नदिएको आरोप उनले लगाएकी छिन् । 'उनीहरूले मलाई पर्याप्त सहयोग गर्न कोसिस नै गरेनन्,' थोम्सन भन्छिन् ।आमा क्यारोल पनि छोरीसँग सहमत छिन् । छोरीले कलेजमा अत्यन्त विश्वास गरेको र त्यसअनुसारको फल नपाएकोमा उनी दुःखी छिन् । टि्रनाको कलेज पढ्दा लागेको ऋणको किस्ता तिर्नुपर्ने समय आइसकेको छ । यसले थोम्सन परिवारलाई थप तनाबमा पारेको छ । तर, मोनरो कलेज भने थोम्सनलाई रोजगार खोज्न सहयोग नगरेको आरोप मान्न तयार छैन ।

No comments: