लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २० गोर्खा सैनिकहरुको संगठन ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस)ले भूतपूर्व गोर्खा र तिनका परिवार तथा गोर्खा विधवालाई बसाइसराइका लागि उचित प्रबन्ध मिलाउन बेलायत सरकारसँग माग गरेको छ। दुई साता लामो नेपाल बसाइपछि बिजिडब्लुएसका अध्यक्ष एवम् गोर्खा रेजीमेण्टका अवकाशप्राप्त मेजर टेकेन्द्रदल देवानले गोर्खा सैनिकलाई समान पेन्सन र अन्य सुविधा उपलब्ध दिएमा न्यायपूर्ण कदम हुने बताए।मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा देवानले दिल्लीस्थित ब्रिटिस हाईकमिशनका अधिकारीहरुलाई गोर्खा परिवारको आवासीय भीसा प्रकि्रया छिटोछरितो र प्राथमिकताका साथ हेरिदिन आग्रह गरेको बताए । दुईसाता लामो नेपाल बसाईका क्रममा बिजिडब्लुएसका प्रतिनिधिमण्डलले राष्ट्रपति डा। रामबरण यादव प्रधानमन्त्री माधवकुमार नेपाल नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य कृष्णबहादुर महरालाई भेटघाट गरेको थियो । भेटका अवसरमा उनीहरुले गोर्खाली सैनिकहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन र सुख सुविधासहित बसोबासको सुनिश्चितता गरिनुपर्ने मागसहितको गोर्खा न्याय अभियानमा नेपाल सरकार र दलहरुका नैतिक समर्थन जुटाउन नेपाल आएको बताएका थिए । "हामी भूपू गोर्खा र तिनका परिवारलाई बेलायतमा बसाईसराई गर्नमा हरसम्भव सघाउन तयार छौं," देवानले भने- "गोर्खा परिवारलाई बेलायत पुर् याउनुमात्रै समस्याको समाधान होइन । स्थायी बसोबास भन्दा सन् १९९७ अघि असमान पेन्सन पाइरहेका मुद्दा पनि त्यत्तिकै गम्भीर मुद्दा छ।"हाल बिजिडब्लुएसका तर्फबाट बेलायतको उच्च अदालतमा समान पेन्सनको मुद्दा दायर गरिएको छ जसको फैसला यही अक्टोबर २७ मा हुने बताइएको छ। त्यही सेरोफेरोमा बीजीडब्लुएस पदाधिकारीसहितको टोली त्यहाँको जीवनबारे जानकारी दिन तथा बसाईसराईमा सघाउन नेपाल आउने कार्यक्रम छ।

No comments:
Post a Comment