News

Aug 4, 2009

नेपाली बालबालिका भारत लाने बढे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोरङ, २० साउन रोजगारीका नाममा नेपाली बालबालिकाहरु भारत लानेक्रम बढ्न थालेको छ। मोरङको सीमावर्ती भारतीय बजार जोगवनी नाका भएर आजकल नेपाली बालबालिका भारत लगिने गरिएको छ। जोगवनीस्थित मानव सेवा समाजले नेपाली बालबालिकाहरुलाई भारत लाँदै गर्दा सोधपुछ गरी धमाधम नेपाल फर्काउन थालेपछि बालबालिका भारत लानेक्रम बढेको रहस्य खुलेको हो। सोमबार बेलुका जोगवानीको रेल्वे स्टेसनमा मोरङका दुई बालकलाई भारत लाँदै गर्दा मानव सेवा समाजका कार्यकर्ताले फेलापारी नेपाल प्रहरीलाई जिम्मा लगाई उद्धार गरे। मोरङ याङशिला- ५ का १३ वर्षीय सन्देश सुन्दास र भीमबहादुर राइलाई स्थानीय कमलकुमार मगर र केराबारी- ७ का साजय विकले रोजगारीको बहानामा भारततर्फ लानलागेका थिए । उनीहरुले याङशिला- ५कै १८ वर्षीय खगेन्द्र मगरलाई पनि भारत लानलागेका थिए । उनीहरुलाई भारतको हरियाणास्थित स्टोन उद्योग र बिमा कम्पनीमा काम लगाइदिने प्रलोभन दिइएको थियो । सबैलाई मानव सेवा समाजका कार्यकर्ताले सोधपुछ गरी नेपाल फर्काएका थिए। म‌गलबार बिहानसम्म इलाका प्रहरी कार्यलय विराटनगर रानीको नियन्त्रणमा रहेका ती बालकलाई अभिभावक बोलाएर प्रहरीको जिम्मा लगाइने इप्रका रानीका प्रहरी निरीक्षक लालध्वज सुवेदीले बताए । साउन माहिनामा मात्र जोगवनीको मानव सेवा समाजले रोजगारीको लागि भारत लाँदैगरेका दुई दर्जन बालबालिका फेलापारी उद्धार गरिसकेको प्रहरीले बतायो। रोजागारका लागि भन्दै त्यसरी बालबालिकाहरु अधिकांश अभिभावककै सहमतिमा भारततर्फ लगिने गरिएको छ । नेपालका ग्रमीण क्षेत्रका बालबालिकाहरु गरिबीले गर्दा भारत जान लोभिनेगरेका छन्। पहिले भारत गई घर आएका र स्थानीय एजेन्टहरुको प्रलोभनमा परेर नेपाली बालबालिका भारत जाने गरेका छन् । मानव सेवा समाजका अनुसार भारत पुगेका बालबालिकाहरु भारतको दिल्ली पाजाब र हरियाणालगायतका सहरमा रहेका धनाढँहरुका कोठी तथा उद्योगहरुमा बँधुवा मजदुर भई काम गर्ने गर्दछन् ।

No comments: