लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १७ - एकीकृत माओवादीले माघ १५ गते सातौ महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय कोटेश्वरमा चार सातादेखि बसेको केन्द्रीय समितिको बैठकले सबै केन्द्रीय सदस्यको जिम्मेवारी समेत बाडफाट गरेको छ ।शनिबारदेखि सकिएको केन्द्रीय समितिको बैठकले पार्टी सदस्यका लागि १५ बुदे आचारसंहिता समेत बनाएको छ । माघ १५ गतेदेखि सातौ महाधिवेशन गर्ने भनिएपनि स्थान तय गरिएको छैन् । माओवादीमा विगत १८ बर्ष यता महाधिवेशन हुन सकेको छैन् ।शान्ति प्रकृयामा आएपछि पार्टी नेतृत्वमा सुविधाभोगी प्रबृति बढेको भन्दै आलोचना भएपछि माओवादीले शुद्धिकरणको लागि आचारसंहिता तय गरेको हो ।माओवादीले झाडापखाला प्रभावित क्षेत्रमा स्थास्थ्य अभियान संचालन गर्ने निर्णय समेत गरेको छ ।
No comments:
Post a Comment