News

Aug 6, 2009

एडीबीले ऋण तथा अनुदान सहायतामा दोब्बर वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई दिंदै आएको ऋण तथा अनुदान सहायतामा दोब्बर वृद्धि गरेको छ। नेपालको विकास आवश्यकता परिपूर्ति गर्न सन् २००९ र २०१० का लागि अनुदान र ऋण सहयोग बढाएर ५३ करोड ८० लाख अमेरिकी डलर पुर्याइएको छ। अघिल्लो वर्ष२००७ र २००८ मा एडीबीले नेपाललाई ऋण तथा अनुदान गरी कुल २५ करोड ८० लाख डलर प्रदान गरेको थियो। नेपालको विकासको आवश्यकतालाई पूरा गर्न सहयोग दोब्बर वृद्धि गरेको जानकारी एडीबीका उपाध्यक्ष झाउ जियोले दिनुभयो। उपाध्यक्ष झाउ नेपालको चार दिने भ्रमण सकेर फर्किनुभएको छ। सहायता वृद्धिले नेपालको विकास र गरिबी निवारणमा सहयोग गर्ने एडीबीको बलियो प्रतिबद्धता रहेको उहाँले उल्लेख गर्नुभयो। सहयोगलाई दिगो बनाउन नेपालले अर्थतन्त्रको व्यवस्थापन, सुशासन र पदीय व्यवस्थापनमा र प्रगति गर्नुपर्नेमा जोड दिनुभयो। झाउ नेपालमा रहँदा प्रधानमन्त्री माधवकुमार नेपाललगायत अन्य उच्च सरकारी अधिकरीसँग भेट गर्नुभएको थियो। एडीबीले मेलम्ची खानेपानी आयोजनाका लागि पनि ऋण प्रदान गरेको छ।

No comments: