लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(आज माओवादी अल्टिमेटमको अन्तिम दिन)राष्ट्रपतिले प्रधानसेनापति प्रकरणमा चालेको कदमका बारेमा आज बिहीबारसम्म राजनीतिक दलहरूबीच छलफल गरी सहमति कायम गर्ने भनिए पनि सो कार्य असफल भएको छ। एकीकृत नेकपा (माओवादी) ले राष्ट्रपतिले चालेको कदम असंवैधानिक भएको भन्दै त्यसलाई सच्याउनुपर्ने अडान राखेको छ भने अन्य दलले माओवादी अडानप्रति असहमति जनाएका छन्। प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार पनि माओवादीलगायतका अन्य प्रमुख राजनीतिक दलसँग अनौपचारिक कुराकानी गर्नुभए पनि कुनै सहमति हुन सकेको छैन।माओवादीले आज साउन २२ गतेसम्म राजनीतिक सहमति नभए भोलिदेखि नै आन्दोलन प्रारम्भ गर्ने घोषणा गरिसकेको छ। माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले भोलिदेखि संसद् चल्न नसक्ने चेतावनी दिनुभएको छ। उपनेता श्रेष्ठले बुधबार रिपोर्र्टर्स क्लबमा बोल्दै माओवादीलाई घेराबन्दी गरेर आत्मर्समर्पण गराउन खोजिँदै छ, त्यसैले पनि माओवादी त्यसका विरुद्ध संघषॅमा उत्रिन बाध्य भएको बताउनुभयो।
No comments:
Post a Comment