News

Aug 1, 2009

छोटा लुगा लगाउनेको प्रमोसन रोक्का

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अचेल संसारभरिका महिला छोटा लुगा लगाउन मन पराउँछन् । छोटो लुगा लगाउने फेसन सर्वत्र चलेको छ । जति थोरै कपडा लगायो, त्यति आधुनिक र सुन्दर भइने मानसिकता नै बनिसकेको छ । तर, सावधान ! कार्यालयमा छोटा र पारदर्शी लुगा लगाउनेको प्रमोसन हुने सम्भावना कम हुने एक अमेरिकी अनुसन्धानकर्ताले बताएकी छिन् ।छोटो टिसर्ट वा स्कर्टले महिला कर्मचारीलाई व्यावसायिक नदेखाउने अनुसन्धानकर्ता एलिजाबेद स्क्वायर्सले बताएकी हुन् । सहकर्मीले पनि छोटा र पारदर्शी कपडा लगाउनेलाई मन नपराउने उनको अनुसन्धानले देखाएको छ ।उनको अनुसन्धानअनुसार आजभोलि धेरै महिला कार्यालय जाँदा छाती धेरै खोलेको तथा टाइट लुगा लगाउँछन् । शरीरको माथिल्लो भागमा दुई-तीन इन्च देखाउनु ठीकै भए पनि त्यसभन्दा बढी कार्यालयमा सह्य नहुने उनी बताउँछिन् ।महिलाले कार्यालयमा धेरै गला खोलेको कपडा लगाएर आएमा त्यो अति हुने स्क्वायर्स बताउँछिन् । अमेरिकी लेखिका एलिजाबेद स्क्वार्यसले महिलाको पहिरनसम्बन्धी एक पुस्तक नै लेखेकी छिन् । 'बुब्स ए गाइड टु योर गल्र्स' पुस्तकमा आजभोलि महिलामा आफूलाई शालीन तथा शक्तिशाली देखाउने कपडाभन्दा कसिला तथा अंग-प्रदर्शन गर्ने खालका कपडा लगाउने प्रवृत्ति बढेको छ ।कार्यालयमा समेत महिलाले अंग-प्रदर्शन गरेर कपडा लगाउने गरेको उनी बताउँछिन् । कार्यालयमा लगाउने कपडाका बारेमा विस्तृत नियम नभएकाले कामकाजी महिलालाई कपडा छनोट गर्न अप्ठेरो हुने उनको विचार छ । उनका अनुसार कार्यालयको पहिरनसम्बन्धी नियम स्पष्ट नभएका कारण महिलाहरू 'ओभर एक्सपोज' हुने कपडा लगाउने गर्छन् ।'महिलाले आधा खुला स्तनको शक्ति त बुझेका छन् । तर, आफ्नै शक्ति भने बुझेका छैनन्,' उनी भन्छिन्, 'गला खोलेको कपडा लगाउनुले तपाईंको कामसँग कुनै सरोकार राख्दैन भने त्यस्तो पोसाक लगाउनैपर्छ भन्ने जरुरी हुँदैन । तपाईं त्यसो नगर्नुस् ।'अनुसन्धानकर्ता स्क्वायर्स तीन सन्तानकी आमा हुन् । उनले महिलाको स्तन प्रदर्शनबारे २० वर्षदेखि लेख्दै आएकी छिन् । महिलाले आफ्नो स्तनका बारेमा बढी जानकारी लिनुपर्ने उनी बताउँछिन् । आफ्नो स्तनसँग बढी सहज महसुस गर्न पनि उनी महिलालाई सल्लाह दिन्छिन् ।बढी गला खोलेको कपडा लगाएर स्तन देखाएमा महिलालाई व्यावसायिक रूपमा भन्दा यौनिक रूपमा हेरिने उनी चेतावनी दिन्छिन् ।अनुसन्धानका क्रममा धेरै गला खोलेको, टाइट र छोटा कपडा लगाएका तथा शालीन कपडा लगाएका कामकाजी महिलाका तस्बिर विभिन्न कार्यालयका कर्मचारीलाई देखाइएको थियो । प्रायः सहभागीले शालीन कपडा लगाएका महिला बढी व्यावसायिक भएको ठहर्‍याएका छन् ।

No comments: