लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २० सर्वोच्च अदालतले अदालतको अवहेलनामा किन कारवाही गर्नु नपर्ने हो भनी लिखित जवाफ पेश गर्न उपराष्ट्रपति परमानन्द झालाई आदेश दिएको छ। न्यायाधीश राजेन्द्रप्रसाद कोइरालाको उपराष्ट्रपति झालाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। अदालतले मर्यादामा आँच पुर् याउने गरी विभिन्न अभिव्यक्ति दिएकाले अवहेलनामा कारवाही गर्न माग राखी सानुबहादुर श्रेष्ठले मुद्दा दिएका थिए। सोमबार भएको प्रारम्भिक बहशपछि इजलासले उक्त आदेश जारी गरेको हो।सर्वोच्च अदालतले हिन्दी भाषामा लिएको उपराष्ट्रपतिको सपथ गैरसंवैधानिक भएको ठहर गर्दै बदर गरेको थियो। उपराष्ट्रपति झाले अदालतको फैसला पूर्वाग्रही कानुन नबुझ्ने न्यायाधीशले निर्णय गरेको हुँदा आदेश नमान्ने प्रतिक्रिया दिएका थिए।
No comments:
Post a Comment