लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषद्ले २२ जना सचिवहरुको पदस्थापना गरेको छ भने एक दर्जन सचिवहरुको सरुवा गरेको छ। राष्ट्रपति कार्यलयमा वामन प्रसाद न्यौपाने, विज्ञान तथा प्रविधि मन्त्रालयमा रामहरी अर्याल, उप राष्ट्रपति कार्यालयमा नाथुप्रसाद चौधरी, बन तथा भु संरक्षण मन्त्रालयमा युवराज भुसाल, वातावरण मन्त्रालयमा उदयराज शर्मा, श्रम तथा यातयात मन्त्रालयमा बाबुराम आचार्य, संघीय मामिला तथा संविधान सभा र संसदीय व्यवस्था मन्त्रालयमा संविधानसभा हेर्ने गरी प्रमोद कार्की र अन्य हेर्ने मोदराज डोटेल, मन्त्रिपरिषद्मा त्रिलोचन उप्रेतीलाई सरुवा गरेको छ। रक्षा मन्त्रालयमा नविन घिमिरे लगिएको छ भने उर्जा शंकर कोइराला लगिएका छन्। स्थानीय विकास मन्त्रालयमा श्याम मैनाली लगिएका छन् । गृह मन्त्रालयमा गोविन्द कुसुम र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा बिन्दा हाडा, सामान्य प्रशासनमा बालानन्द पौडेल यथावत छन्।
No comments:
Post a Comment