लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १९ - सरकारले भारत, अमेरिका र बेलायतका लागि क्रमशः रुक्मसमशेर राणा र शंकर शर्मालाई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ। राजदूत नियुक्त गर्दा परराष्ट्र सेवाका कर्मचारीलाई न्यूनतम ५० प्रतिशत स्थान दिने सहमती पार्टीगत भागबण्डाका कारण यसपटक पनि लागु भएन। राष्ट्रिय सभाका पूर्वसदस्य राणा नेपाल ओलम्पिक कमिटिमा १० वर्षसम्म अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का दुई कार्यकाल सदस्य सचिव हुन् । अर्थशास्त्री शर्मा भने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी लामो समय अर्थ मन्त्रालयमा वरिष्ठ सल्लाहकार थिए।कांग्रेस कोटामा राजदूत सिफारिस गरिएका उनीहरुको नाम परराष्ट्रमन्त्री सुजाता कोइरालाले बैठकमा निणायार्थ प्रस्तुत गरेकी थिइन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले कांग्रेस कोटामा गएका ती देशका राजदूतलाई करिब सात महिना अघि फिर्ता बोलाएपछि नयाँ नियुक्ती हुन सकेको थिएन।"कांग्रेस कोटामा खाली भएका दूतावासमा नयाँ राजदूत पठाइएको हो," परराष्ट्रमन्त्री निकट उच्चस्रोतले नागरिकसँग भन्यो ।पूर्ववर्ती सरकारले कांग्रेस कोटामा नियुक्त राजदूतहरुमध्ये अमेरिकाका सुरेश चालिसे, बेलायतका मुरारीराज शर्मा र भारतका दुर्गेशमान सिंहलाई १ वर्षदेखि १५ महिना पुग्दा-नपुग्दै फिर्ता बोलाएको थियो। उनीहरुलाई त्यसअघिका कोइराला सरकारले नियुक्त गरेको थियो । सत्ता साझेदार भएकाले पूर्ववर्ती दाहाल सरकारले एमाले कोटामा गएका राजदूतलाई भने फिर्ता बोलाएको थिएन।स्रोतहरुले फ्रान्सका लागि राजदूत हुने चर्चामा रहेका प्रधान सेनापति रुक्मांगद् कटवाल भने राजदूत नहुने जानकारी दिए। फ्रान्समा पूर्ववर्ती दाहाल सरकारले नियुक्त गरेका माओवादी पोलिटव्यूरो सदस्य राम कार्कीलाई नै पठाउने संभावना बढेर गएको छ।"फ्रान्समा कार्कीलाई नै पठाउने संभाबना ज्यादा छ," स्रोतले भन्यो "हाल्ला धेरै भयो तर कटवालको संभावना कम छ।" स्रोतका अनुसार कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग माओवादी अध्यक्ष पुष्पकमल दाहालले कार्कीलाई नै राजदूत बनाउन आग्रह गरेका थिए । त्यसमा कोइरालाले 'सकारात्मक' जवाफ दिएका थिए । कार्कीको नाममा फ्रान्स सरकारले पाँच साता अघि नै एगि्रमो पठाइसकेको छ ।दूतावास खोल्न लागिएका चार मुलुक ब्राजिल, क्यानाडा, कुवेत र दक्षिण अफ्रिका राजदूत खाली रहेका भारत, अमेरिका, बेलायत र फ्रान्स तथा खाली हुँदै गरेका न्यूयोर्कस्थित राष्ट्रसंघीय स्थायी प्रतिनिधि इजिप्ट र श्रीलंकास्थित नियोगमा नयाँ राजदूत नियुक्त गर्नुपर्नेछ।यसमध्ये मन्त्रिपरिषद्ले यसअघि नै एमाले कोटामा पूर्वमुख्यसचिव भोजराज घिमिरेलाई क्यानाडा र पूर्वसभासद् सुशिलचन्द्र अमात्यलाई श्रीलंकामा राजदूत बनाउने निर्णय गरिसकेको छ । उनीहरु दुवै कूटनीतिक सेवाभन्दा बाहिरका हुन् ।एमाले कोटामा मन्त्रिपरिषद्बाट सभासद् नियुक्त अमात्यले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई संवैधानिक समिति अध्यक्ष बन्ने मार्ग प्रशस्त्र गर्न पदबाट राजीनामा दिएका थिए ।न्यूयोर्कमा परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य ब्राजिलमा परराष्ट्रका वरिष्ठ सह-सचिव प्रधुम्नविक्रम शाह दक्षिण अपि्रुकामा परराष्ट्रका पूर्वसह-सचिव गोपाल थापा पठाउने संभावना छ । कुवेतमा या इजिप्टमध्ये एउटा मधेसी कोटालाई जाने स्रोतको दाबी छ ।
No comments:
Post a Comment