News

Aug 5, 2009

फोरम संस्थापन पक्ष अल्पमतमा गच्छदार बहुमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री विजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले आफ्नो पक्षमा २८ जना सभासद् भएको प्रमाणित गरेपछि फोरम संस्थापन पक्ष अल्पमतमा परेको छ। संविधानसभामा अब चौथो दलका रूपमा फोरम लोकतान्त्रिक र फोरम संस्थापन पक्ष पाँचौं दल हुन पुगेका छन्। फोरम विभाजित भएपछि गच्छदारले नेतृत्व गरेको पार्टीले केन्द्रीय समितिमा ४० प्रतिशतभन्दा बढी पुर्याएपछि उसलाई निर्वाचन आयोगले अर्को दल निर्माण गर्न अनुमति दिँदै उपेन्द्र यादव पक्षले नेतृत्व गरेको फोरम संस्थापन पक्षलाई मान्यता दिएको थियो।गच्छदारले आफ्नो नेतृत्वमा अर्को दल गठन गरेपछि मंगलबार फोरमका जम्मा ५३ सभासद्मध्ये २८ सभासद्लाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसामु उपस्थित गराएपछि लोकतान्त्रिक फोरम बहुमतमा स्थापित भएको हो।उपाध्यक्ष पूर्णाकुमारी सुवेदी, माओवादीकी सचेतक जयपुरी र्घर्ती, कांग्रेसका मुख्य सचेतक लक्ष्मण घिमिरे, एमालेका मुख्य सचेतक भीम आचार्यसहितको उपस्थितिमा सभाध्यक्ष नेम्वाङले २८ जना सभासद्लाई एक-एक गरी बोलाएर फोरम लोकतान्त्रिक पार्टीमा आबद्ध भएको ‘सत्य हो’ भनी प्रश्न गर्नुभएको थियो। हस्ताक्षर सम्पन्न भएपछि सो पत्रमा सभाध्यक्ष नेम्वाङ, मुख्य सचेतकहरू, सचेतक तथा उपाध्यक्ष सुवेदीले पनि प्रमाणित गर्नुभएको थियो।फोरम लोकतान्त्रिकमा २८ सभासद् आबद्ध भएपछि फोरम संस्थापन पक्षमा २५ जना सभासद् मात्र बाँकी रहेका छन्। यसअघि संस्थापन पक्षले आफ्नै पक्षमा बहुमत भएको दाबी गर्दै आएको थियो। संस्थापन पक्ष फोरमभन्दा व्रि्रोही बनेर अर्को पार्टी निर्माण गरेको लोकतान्त्रिक फोरम ठूलो दल बनेपछि संस्थापन पक्ष त्यसमा पनि उपेन्द्र यादव र जेपी गुप्तालाई राजनीतिक रूपमा नराम्रो प्रहार भएको हस्ताक्षर कार्यक्रममा सहभागीहरूको टिप्पणी थियो।
(लोकतान्त्रिक फोरममा रहेका सभासद्)
सभाध्यक्षसामु हस्ताक्षर गर्ने सभासद्हरूमा आशाकुमारी सरदार, ओमप्रकाश यादव, करिना बेगम, कलावती दुसाध, कौशलराय यादव, डा. तिलक रावल, दुर्गादेवी महतो, नीलम बर्मा, प्रमोद गुप्ता, भीमराज चौधरी राजवंशी, भूपेन्द्र चौधरी, मुगालाल महतो, मोहम्मद मुसलमान, मृगेन्द्रकुमारसिं यादव, रामचन्द्र राय, रामबच्चन अहिर यादव, रामचन्द्र मण्डल, ललित साह, लक्ष्मण महतो, विजय गच्छदार, रामजनम चौधरी, शरद्सिंह भण्डारी, शत्रुघ्नप्रसाद सिंह कोइरी, शिवनारायण उराव, र्सवदेवप्रसाद ओझा, सेवकीदास तत्मा, सञ्जय साह र हेमराज तातेड हुनुहुन्छ।

No comments: