News

Aug 3, 2009

उपराष्ट्रपतिको विषयमा अदालतको फैसला छिट्टै कार्यान्वयन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन १९ - प्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपतिको सपथ प्रकरणको विषयमा सर्वोच्च अदालतले सुनाएको फैसला छिट्टै कार्यान्वयन हुने बताएका छन् ।सोमबार अपरान्ह राष्ट्रपति डा रामबरण यादवलाई उनकै निवास शितलनिवासमा भेटदै प्रधानमन्त्री नेपालले उक्त कुरा बताएका हुन । प्रधानमन्त्री निकटस्रोतका अनुसार सरकारले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने भन्दै कार्यान्वयनका गर्न दलहरुसँग परामर्श गरिरहेको जानकारी प्रधानन्त्रीले राष्ट्रपतिलाई गराएका थिए । फेरी सपथ नलिए उपराष्ट्रपतिले जारी राखेको कामप्रति बैधानिक प्रश्न उठेपछि के गर्ने भन्ने विषयमा सरकार परामर्शमा व्यस्त छ । उपराष्ट्रपतिले सर्वोच्च अदालतको फैसला पुर्वाग्रही भएको भन्दै फैसला नमान्ने बताउँदै आएका छन् । फेरी सपथ नलिइ गरिने काम असंवैधानिक हुने आसयको पत्र महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त भएपछि राष्ट्रपतिले पनि सर्वोच्चको फैसला कार्यान्वयनबारे चासो देखाउँदै आएका छन् । गत साउन ९ गते सर्वोच्चले बहुचर्चित सपथ मुद्दाको टुंगो लगाउँदै हिन्दीमा लिएको सपथ असंवैधानिक ठहर गरेपछि दलबीच विवाद बढेको छ । मधेशबादी दलहरुले सर्वोच्चको फैसला मधेस विरोधी भएको भन्दै फेरी सपथ लिने विषयको विपक्षमा आफूहरुलाई उभ्याएका छन् । त्यसैगरी आजै उपराष्ट्रपति परमानन्द झाले आफनो सपथको विषयमा कानुन व्यवसायीसँग परामर्श गरेका छन् ।

No comments: