लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजदरबारको गुप्तचर संस्था रोयल ब्युरो अफ इन्टलिजेन्स (आरबीआई) को प्रमुख दाबी गर्ने तुलप्रसाद शेरचनले दरबार हत्याकाण्ड आफ्नो योजनाअनुसार भएको बताएका छन्। राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको सो हत्याकाण्डको जिम्मेवारी लिए पनि राज्यले उनलाई खुला हिँड्न दिएको छ। सन् १९७३ मा बेलायतमा राजदरबारका महत्त्वपूर्ण व्यक्तिले भनेका कुरा गम्भीर रूपमा नलिएकाले दरबार हत्याकाण्ड गरिएको उनको दाबी थियो।‘राजाको शासनकालमा नेपालमा आउने वैदेशिक सहयोगमा खर्बौं रुपियाँ घोटाला गरेपछि कारबाहीस्वरूप दरबार हत्याकाण्ड गराएका हौं’, हालसम्म आरबीआईका प्रमुख रहेको दाबी गर्ने शेरचनले भने- ‘दरबारले हाम्रो सल्लाह नमानेपछि यस्तो स्थिति आएको हो।’ नेपालले पाउने सहयोगमध्ये दरबारले ४० प्रतिशत विदेशी बैंकमा राखी ६० प्रतिशत नेपाल पठाउँदा नेपालका जनता भोकभोकै मर्ने स्थिति देखिएको र आफूहरूले सल्लाह दिँदा दरबारले इन्कार गरेको उनले बताए।‘२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको योजना सन् १९७५ मा बेलायतमा भएको हो। योजनापछि म कहिले अमेरिका, कहिले बेलायत जाने गरेको थिएँ, उनले भने- ‘हत्याकाण्ड हुँदा म नेपालमै थिएँ।’दौरासुरुवाल र कोटमा आएका शेरचनले राजधानीमा बुधबार रिपोर्र्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा गरी वीरेन्द्रको वंशनाश छायाँ दीपेन्द्रले गरेको बताए। तर उनले दीपेन्द्रलाई कसैले मारेको दाबी गरे।
No comments:
Post a Comment